अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको प्रश्नोत्तर कर्मकाण्डी भयो: योगेश भट्टराई

प्रधानमन्त्रीको प्रश्नोत्तर कर्मकाण्डी भयो: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको जवाफ कर्मकाण्डी र स्पष्ट नभएको बताउनु भएको छ।

प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा एमालेका सचिव भट्टराईले यस्तो बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन। प्रश्न पहिले सोधेर उत्तर पछि ल्याएर चाहिँ जीवन्त हुँदैन। प्रश्नोत्तर लाइभ जीवन्त हुनुपर्छ। माननीयहरूले त्यहीँ सोध्ने र प्रधानमन्त्रीले त्यहीँ जवाफ दिने गर्नुपर्छ। त्यो भए मात्रै यो आकर्षक हुन्छ। नत्र यो कर्मकाण्डी भयो ।’

कर्मकाण्डी प्रश्नत्तर कार्यक्रममा प्रधानमन्त्रीले केही गलत तथ्यांक ल्याएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आफ्नो कर्मकाण्डी कामलाई पूरा गर्नुभयो । प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन । शरणार्थी प्रकरणमा अनुसन्धानमा उच्च पदस्थ र अरु मान्छेलाई जोगाउने कुरा आएको त्यो कुरामा प्रधानमन्त्री वा गृहमन्त्रीले यो केसमा मात्रै जवाफ दिनुपर्छ भनिरहेका छौं ।’