काठमाडौं – भुटानी शरणार्थी नेता टेकनाथ रिजाल काठमाडौंबाट पक्राउ परेका छन्। नेता रिजाललाई उहाँकै निवासबाट पक्राउ गरिएको एआइजी श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
राजनीतिक एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेता मध्येका एक हुन्। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा रिजाललाई पक्राउ गरिएको हो ।




प्रतिक्रिया