अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेठ २९ देखि नेपाल एयरलाइन्सको मलेसिया-भैरहवा नियमित उडान

जेठ २९ देखि नेपाल एयरलाइन्सको मलेसिया-भैरहवा नियमित उडान


काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।

नेपाल एअरलाइन्सले बिहीबार विज्ञप्ति जारी गर्दै भैरहवा-मलेसिया र मलेसिया-भैरहवा–काठमाडौँ रुटमा डान सुरु गर्ने जनाएको छ। हालका लागि साताको एउटा उडान गर्ने नेपाल एअरलाइन्सले जनाएको छ।

सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ। यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो।

मलेसिया-भैरहवाका लागि रु १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाडौँका लागि १४ हजार सात सय २० भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस (यात्रु ओसार पसार गर्ने बस) को व्यवस्था गर्ने जनाएको छ।

निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ। भैरहवाबाट हाल निगमले साताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ।

Skip This