अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा बस दुर्घटना : एक जनाको मृत्यु, २३ जना घाइते

दाङमा बस दुर्घटना : एक जनाको मृत्यु, २३ जना घाइते


दाङ । दाङको देउखुरीमा आज बिहान दुईवटा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै उक्त दुर्घटनामा  २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

गम्भीर घाइतेहरूमध्ये  ७ जनालाई भैरहवा, ३ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई नेपालगन्ज रिफर गरिएको छ । अन्य घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।