काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बिनातामझाम संसद् भवन नयाँ बानेश्वर जानु हुने भएको छ।
सडक अवरोध हुने र नागरिकले सास्ती पाउने भन्दै उहाँले त्यस्ता तामझाम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो।
राष्ट्रपति पौडेलले शुक्रबार अपरान्ह ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।
‘शीतलनिवासबाट नयाँबानेश्वर चोकसम्म राष्ट्रपतिज्यूको सवारी सामान्य हुन्छ,’ ट्रााफिक प्रहरी प्रमुख डीआईजी कोषराज पोखरेलले भन्नुभयो,’ ‘नयाँ बानेश्वर चोकदेखि सर्भिस लेनबाट औपचारिक सवारी हुन्छ। अन्य स्थानम सडक अवरुद्ध हुँदैन।’






प्रतिक्रिया