अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्यमन्त्री बस्नेत नेतृत्वको टोली आज जेनेभा जाँदै

स्वास्थ्यमन्त्री बस्नेत नेतृत्वको टोली आज जेनेभा जाँदै


काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वमा ६ सदस्यीय टोली आज स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्री बस्नेतले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ७६ औँ महासभामा भाग लिन आजै राति जेनेभा प्रस्थान गर्न लागेको जानकारी दिनुभयो ।

मन्त्री बस्नेतको नेतृत्वमा अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटासहित ६ सदस्यीय टोली सहभागी हुने छन् । सम्मेलन यही मे २१ देखि ३० सम्म चल्ने छ।

दुई दिन सम्मेलनलाई सम्बोधन गरेर आफू स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

Skip This