अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नीति कार्यक्रममा विष्णु रिमालका २० बुँदे सुझाव

सरकारको नीति कार्यक्रममा विष्णु रिमालका २० बुँदे सुझाव

नीति तथा कार्यक्रम कस्तो आउला त ?


काठमाडौं- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारको नीति तथा कार्यक्रमलाई २० बुँदे सुझाव दिनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमलाई सुझाव दिनुभएको हो।

राष्ट्रपतिले कार्यक्रम प्रस्तुत गर्नु अघि उपमहासचिव रिमालले सामाजिक सञ्जालमार्फत आफ्नो फोकस विभिन्न २० वटा बुँदामा हुने उल्लेख गर्नुभएको छ।

उहाँले नागरिकता र नेपाली पहिचानको बिषय, विकासका कार्यक्रम प्रभावकारी ढङ्गले लागू गर्न नीतिगत र संरचनागत सुधारबारे, लोकतन्त्रको सुदृढिकरण, सुशासनको ग्योन्टी र गुणस्तरीय सेवाको प्रभावबारे पनि समेटन सुझाव दिनु भएको छ।

‘सम्माननीय राष्ट्रपतिज्यूमार्फत् आज संघीय संसदमा प्रस्तुत हुने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई अहिले मन्त्रिगरिषद्ले अनुमोदन गर्दैछ’ रिमालले भन्नुभएको छ, ‘नीति तथा कार्यक्रम कस्तो आउला त ? धेरैको यसमा जिज्ञासा हुन सक्छ। मेरो फोकस निम्न २० बुँदामा हुनेछ।’  

यस्ता छन् सुझाव
१. नागरिकता र नेपाली पहिचानको विषय कसरी सम्बोधन हुन्छ ?

२. विकासका कार्यक्रम प्रभावकारी ढङ्गले लागू गर्न नीतिगत र संरचनागत सुधारको प्रस्ताव के हुनेछ ?

३‍. लोकतन्त्रको सुदृढिकरण, सुशासनको ग्योन्टी र गुणस्तरीय सेवाको लागि कस्तो प्रस्ताव गरिने छ ?

४. दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरणकालागि कस्ता कस्ता कदम चालिने छ?

५. काम-रोजगारी-उद्यमशीलता र स्वदेशी उत्पादनको लागि चर्चा ल्याउने गरिएको मेक इन नेपाल कार्यक्रमको खाका कस्तो हुनेछ ?

६. शैक्षिक पूर्वाधार सुधार्न र गुणस्तरीय शिक्षाको लागि कस्तो योजना प्रस्तुत हुनेछ ?

७ खाद्य, आवास र खानेपानीको कार्यक्रम के हुनेछ ?

८ कृषिक्षेत्रको रूपान्तरण कसरी गरिने छ ?

९. उत्पादन, बिक्री वितरण र उपभोगका लागि ऊर्जा विकासको कार्यक्रम कस्तो हुनेछ ?

१०. कामलाई मर्यादित कसरी बनाइनेछ र सामाजिक सुरक्षा प्रणली कसरी सुदृढ गरिनेछ ?

११. भरपर्दो सार्वजनिक यातायातको सुनिश्चितता र सडक पूर्वाधार बारे कस्तो कार्यक्रम आउने छ ?

१२. वैज्ञानिक भूमि व्यवस्थापन र सुकुम्बासी समस्या समाधानमा कस्तो पहल गरिने छ ?

१३. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने प्रस्ताव कस्तो हुनेछ ?

१४. युवा, स्टार्टअप, आन्टरप्रिनियरशीप र खेलकुदका सन्दर्भमा कस्तो प्रस्ताव आउनेछ ?

१५. पर्यटन, संस्कृति,सामाजिक सद्भाव र राष्ट्रिय एकताको लागि के कार्यक्रम प्रस्ताव गरिने छ ?

१६. वन–वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापनको रोडम्याप कस्तो हुनेछ ?

१७.मतदातामा ५८ प्रतिशत रहेको महिलासशक्तीकरण र समाजका हरेक क्षेत्रमा उनीहरुको समानुपातिक सहभागिता कसरी बढाइने छ ?

१८. शान्ति प्रक्रियाको बाँकी रहेको काम र संक्रमणकालीन न्यायको बिषय कसरी टुङयाइने छ ?

१९. राज्य संयन्त्र प्रभावकारी बनाई राष्ट्रलाई बलियो बनाउने रसेटिंग र विचौलियाबाट मुक्त बनाईस्वतन्त्र न्यायालयको ग्यारेन्टी कसरी गरिने छ ?

२०. राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन तथा सन्तुलित बाह्य सम्बन्ध बारे कस्ता कार्यक्रम प्रस्तुत हुनेछ ?