काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि वेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा छलफल भएको जनाएको छ ।
युरोपेली सङ्घ (इयू)ले नेपाललाई विगत ११ वर्षदेखि हवाई सुरक्षा सूचिमा राखेको छ। इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै उडान सुरक्षा सूचीमा राखेको हो।
सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो।






प्रतिक्रिया