काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको छ । संघीय संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको बताउनु भएको छ।
राजश्व परिचालन, वैदेशिक मुद्रा सञ्चिति बढेकाले अर्थतन्त्रको लय समातेको उहाँले बताउनु भयो।
‘सकारात्मक इच्छाशक्ति भयो भने परिणाम देखिँदो रहेछ,’ राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भन्नुभयो।
उहाँले कर्णालीको मानव विकास सूचकांकको सुधार गर्न सरकारको नीति कार्यक्रम केन्द्रित रहेको बताउनु भयो । उहाँले राजश्वको दायरा बढाउने, न्यून विजकीकरण, राजश्व चुहावट रोकिने राष्ट्रपति पौडेलले बताउनु भयो ।




प्रतिक्रिया