अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको प्रतिबद्धता

मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको प्रतिबद्धता


काठमाडौं – सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राजधानीको खानेपानी समस्याको दिगो समाधानका मेलम्ची आयोजनालाई स्थायी बनाउने उल्लेख गरिएको छ। दोस्रो चरणको याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउन पनि आगामी वर्ष काम सुरु गरिने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
हाल हिउँदमा मात्र मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइएको छ। वर्षायाममा पानी बन्द हुने गरेको छ।

ठूला आयोजनाको प्राविधिक परीक्षण गरिने

राष्ट्रिय सतर्कता केन्द्रबाट ठूला आयोजनाको प्राविधि परीक्षण गराउने व्यवस्था सरकारले नीति तथा कार्यक्रममा गरेको छ । विकास आयोजना समयमा सम्पन्न गरिने राष्टपति पौडेलले बताउनुभयो। आयोजना वर्गीकरण निर्देशिकाअनुसार तीन तहमा बजेट व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

 वातावरण प्रभाव मूल्याङ्कन र सार्वजनिक खरिदमा सहजता अपनाइने प्रतिबद्धता सरकारले नीति तथा कार्यक्रममार्फत् गरेको छ। विकासका माध्यमबाट आय आर्जन हुने व्यवस्था सरकारले गर्ने भएको छ। सार्वजनिक यातायातमा नवीकरणीय ऊर्जाको विकास गरी वातावरणको स्वच्छतामा सहयोग पुग्ने गरी नीति निर्धारण गरिने भएको छ।
आगामी वर्ष हुम्ला जिल्लालाई सडक सञ्जालबाट जोडिने भएको छ। राष्ट्रिय राजमार्ग र रणनीतिक सडक पाँच वर्षभित्र सम्पन्न गरिने भएको छ। तीन घण्टाको दूरीमा एक झोलुङ्गे पुल निर्माण गरिने भएको छ।

आधुनिक सडक सञ्जाल निर्माणलाई प्राथमिकता दिइने भएको छ। रेल मार्ग निर्माणलाई पनि अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सघन शहरी विकास कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ।

Skip This