काठमाडौं – नेकपा एमाले सचिव एवम् प्रतिनिधिसभाका सांसद् योगेश भट्टराईले नीति तथा कार्यक्रमलाई ज्यान भएको तर प्राण नभएको संज्ञा दिनु भएको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले भन्नुभयो, ‘यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको यसको कुनै सपना छैन, जोश छैन, जाँगर छैन।
अहिले मुलुकमा भएको समस्याको समाधान गर्ने कुनै ठोस प्रस्ताव र कार्यक्रम नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘भए भरका सबै कुरा छन् तर केही पनि छैन। त्यसैले यसले आज हामीले भोगिरहेका आर्थिक, सामाजिक र व्यवस्थामाथिकै चुनौती छन् । त्यसलाई ठोस कार्ययोजना छैन ।’
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेर फर्किनुभएपछि भट्टराईले यस्तो बताउनु भएको हो।
नेता भट्टराईले गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रष्ट मार्गनिर्देशन नरहेको पनि बताउनु भयो ।
’




प्रतिक्रिया