अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा छुरा प्रहार गरी हत्या

रौतहटमा छुरा प्रहार गरी हत्या


काठमाडौं-रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ। गौर नगरपालिका-७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसित खानको झगडा भएको थियो। सो क्रममा साविरले खानको छातिमा छुरा प्रहार गरेका थिए। गम्भीर घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। 

गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा खान आफ्नो वडामा नेकप एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए। तर निर्वाचनमा उनी पराजित भएका थिए। छुरा प्रहारी गरी साविर भने फारार भएका छन्। उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ। 

Skip This