अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिक पत्रकारिता गर्न जरुरी छ: सञ्चारमन्त्री शर्मा

नागरिक पत्रकारिता गर्न जरुरी छ: सञ्चारमन्त्री शर्मा


काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वर्तमान सरकारले आन्दोलनद्वारा स्थापित उपलब्धीलाई संस्थागत गर्ने कार्य गरिरहेको बताउनुभएको छ।

आज प्रेस सेन्टर, नेपालको प्रतिष्ठान प्रदेश समितिको प्रथम साधारण सभामा बोल्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो।

उहाँले आन्दोलनको कारण आएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिकताको मुद्दाका कारण जनताको जनजीविका सुधारोन्मुख भइरहेको बताउनुभयो।

मन्त्री शर्माले नयाँ संविधान बन्नुअघि र बनिसकेपछिको यस अवधिमा विकास निर्माणका कामहरु, जनजीविकाका कामहरु, भौतिक पूर्वाधारका कामहरुमा व्यापक परिवर्तन भएको जनाउँदै भन्नुभयो, ‘‘सबै पत्रकार र सञ्चारगृहले वास्तविक रुपमा नागरिक पत्रकारिता गर्न जरुरी छ, यस पत्रकारितालाई स्थापित गर्नुपर्छ ।’’

उहाँले नक्कली भुटानी प्रकारणमा सामेल भएका कसैको पनि रक्षा नहुने भन्दै दोषी देखिए जोकोहीलाई कारबाही दायरामा ल्याउने बताउनुभयो ।

कार्यक्रममा प्रेस सेन्टर, नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले सधैँ देश र जनताको पक्षमा आवाज मुखरित गर्न आवश्यक रहेको बताउनुभयो।

यस्तै, प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकोटाले संगठनले लिइएका कार्ययोजनाबारे सबै पत्रकारहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

Skip This