अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राधिकरणले उदयपुर सिमेन्ट उद्योगको लाइन जोड्यो

प्राधिकरणले उदयपुर सिमेन्ट उद्योगको लाइन जोड्यो


उदयपुर-नेपाल विद्युत प्राधिकरणले लाइन काटेको छ दिनपछि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा पुःन विद्युत लाइन जडान गरिएको छ।

उद्योगले विजुली उपयोग गरे वापतको महसुल रकम नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी नगरेको भन्दै गएको आइतबार अपरान्हबाट विद्युत लाइन काटेको हो ।

नेपाल विद्युत प्राधिकरण गाईघाट शाखा प्रमुख विजयबाबु खत्रीका अनुसार महसुल वापतको ३६ करोड ४४ लाख ३१ हजार २७२, जरिवाना आठ करोड ८६ लाख ९८ हजार पाँचसय र अन्य विभिन्न शीर्षकको ४६ लाख ७३ हजार ६२९ समेत गरी कुल ४५ करोड ७८ लाख तीन हजार चारसय दुई रुपियाँ विद्युत महसुल बुझाउन बाँकी रहेको र पटक पटक पत्राचार गरी रकम जम्मा गर्न अनुरोध गर्दा पनि उद्योगले महसुल तीर्न आलटाल गरेपछि लाइन काटिएको थियो।

नेपाल विद्युत प्राधिकरण विद्युत महसुल सङ्कलन विनियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ्ग गरेको ६०औं दिनसम्म विद्युत मशसुल नबुझाएमा बिना सुचना जुनसुकै समय लाइन काटिने व्यवस्था छ । तर उदयपुर सिमेन्ट उद्योगले लामो समयदेखि वक्यौता नबुझाएकाले आइतबार अपरान्हदेखि विद्युत लाइन काटिएकोमा उद्योग मन्त्रलयले लाइन जडान गरिदिन पत्राचार गरेपछि शुक्रबार रातीदेखि पुःन लाइन जडान गरिएको उहाँले बताउनुभयो। 

उद्योगका निमित्त महाप्रवन्धक महेशप्रसाद साहले विगतमा विद्युत आपूर्ती असहज भएको लोडसेडिङको समएमा लिने गरिएको डेडिकेटेड फिडरको महसुल २०७५ साल वैशाख १ गतेबाट मुलुक लोडसेडिङ मुक्त भएपछि पनि पछि हिसाव मिलान गर्ने भन्दै उद्योगबाट असुलेको २४ करोड ६९ लाख रकम हालको विलमा हिसाव मिलान गर्नुपर्नेमा त्यो नगरेर प्राधिकरणले उद्योगको लाइन काटेर छ दिन पछि पुन जडान गरिदिएको हो।

यस सम्बन्धमा सम्पर्क गर्दा नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाका प्रमुख विजयबाबु खत्रीले उद्योगले मात्र विल मिलान गर्ने भनेर त्यो काम नहुने र मन्त्रीस्तरबाट निर्णयभइ आएमा वा प्राधिकरणको माथिल्लो निकायबाट पत्राचार भइआएमा हिसाव मिलान गर्न सकिने तर एकपक्षिय रुपमा माग गर्दैमा हिसाव मिलान गर्न पनि नसकिने बताउनुभयो ।

पूर्ण रुपमा डिजिटल प्रणालीमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगको विद्युत लाइन काटिएपछि उद्योगको आन्तरिक जीवन प्रणालीमा नै ठूलो असर परिरहेकोमा अब भने सहज भएको छ। कोइला आपूर्ति गर्न नसक्दा विगत एक महिना अघिदेखि क्लिङकर उत्पादन नभएको र हाल सिमेन्ट प्याकिङसमेत बन्द रहेको भएपनि अबको केहि समयपछि उत्पादन सुरु गरिने महाप्रवन्धक गोपिकृष्ण न्यौपानेले बताउनुभयो । 

पछिल्लो समय उदयपुर सिमेन्ट उद्योगमा भएको चरम आर्थिक सङ्कटले उद्योग संकटमा परेको छ । २०७९ चैतसम्मको कोइला र स्पेयर पार्ट्सलाई झुक्तानी गर्न बाँकी ११ करोड ५९ लाख, अवकाशप्राप्त कर्मचारीको सेवा सुविधा १४ करोड ५० लाख, कर्मचारीको नागरिक लगानी कोष एक करोड ४९ लाख, सञ्चय कोष दुई करोड १२ लाख, बिदा मुआब्जा, सामाजिक सुरक्षा कोष ५७ लाख, सरकारी अन्तःशुल्क, रोयल्टीको एक करोड र भ्याट एक करोड १५ लाखको दायित्व पनि उद्योगको काधमा रहेको मजदुर कर्मचारीहरुको भनाइ छ ।

Skip This