काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले विभिन्न क्षेत्रका लाइसेन्स वितरणका लागि अपारदर्शी रुपमा काम हुन लागेको भन्दै आपत्ति जनाउनु भएको छ।
आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो।
उहाँले न्युनतम मापदण्ड पनि नपुगेकाहरुलाई ल्याएर केही मानिसहरु बसेर लाइसेन्स वितरण गर्ने तयारी भइरहेको बारे अर्थमन्त्री महतसँग जवाफ माग्नुभएको थियो।
उहाँले भन्नुभयो, ‘विद्यार्थीहरु विदेश पठाएर उनीहरुले पठाएको रेमिट्यान्सबाट गर्व गर्ने ठाउँमा हामी छौँ की छैनौँ, हामीले देशलाई कहाँ पु¥याउँदैछौँ ? राजश्व परिचालन ५० वर्ष, ५२ वर्षको इतिहासकै नराम्रो छ। यसलाई सुधार्न कसरी जाने भन्ने आधार सरकारले दिन सकेको छैन।’
उहाँले स्थानीय तहलाई सम्मानीकरण कटौती गरिएकोमा अहिले स्थानीय तहहरु विचल्ली भएको भन्दै त्यसको बारेमा सरकारले के सोच बनाएको छ ? भन्दै प्रश्न पनि गर्नुभयो।
गिरीले भन्नुभयो, ‘विभिन्न क्षेत्रका लाइसेन्स वितरणका लागि अपारदर्शी ढंगले न्युनतम मापदण्ड पनि नपुगेकाहरु ल्याएर ओभरनाइट केही मानिसहरु बसेर वितरण गर्ने तयारी हुँदैछ भन्ने सुनिन्छ यस विषयमा के हो ?’




प्रतिक्रिया