काठमाडौं -नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा थप पाँचजना पीडितहरुले प्रहरीमा जाहेरी दिएका छन् । दोलखाबाट आएका पिडितहरुले पूर्वसभासद आङटावाविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
आङ्टावाले अमेरिका उडाइदिने आश्वासन दिएर आफूहरुसँग ६\६ लाख लिएको पिडितहरुको दावी छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रतिवेदनमा त्यसलार्ई पनि समावेश गरेको छ ।
आङटावाविरुद्ध पक्राउ पूर्जि जारी भएपछि उनी आफैं प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।






प्रतिक्रिया