अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले जनसंगठनका पदाधिकारीको संयुक्त भेलामा तस्वीरमा यस्तो देखियो

च्यासलमा एमाले जनसंगठनका पदाधिकारीको संयुक्त भेलामा तस्वीरमा यस्तो देखियो


काठमाडौं-नेकपा एमालेले पार्टी निकट जनसंगठनका पदाधिकारीहरुलाई केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बसिरहेको छ।

जनवर्गीय संगठनहरुको महाधिवेशन सम्पन्न गरेको एमालेले आज पदधिकारीहरुको बैठक बोलाएको हो। २३ वटै जनसंगठनका अध्यक्ष सहित पदाधिकारी र आयोगका अध्यक्षहरुलाई प्रशिक्षणात्मक भेला राखिएको हो।

बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो।

रिजालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णय र पास गरेका प्रस्तावलाई सबै जनसंगठनहरुले अपनत्व लिएर त्यसै अनुसारका कार्ययोजना बनाउन निर्देशन गरिनेछ। बैठकमा सबै जनसंगठनका अध्यक्षहरुले हालसम्म गरेका कामहरुको प्रगति विवरण पनि पेश गर्नेछन् ।

बैठकलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेले पनि निर्देशनात्मक सम्बोधन गर्नुहुनेछ। बैठकमा जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले एक वर्षमा सम्पन्न भएका जनसंगठनका महाधिवेशनहरुको प्रतिवेदन भिडियो रिर्पोट मार्फत प्रष्तुत गर्ने कार्यक्रम रहेको छ।