अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टोपबहादुरसहित १९ कैदीलाई राष्ट्रपतिको आममाफी

टोपबहादुरसहित १९ कैदीलाई राष्ट्रपतिको आममाफी

अरु ४८२ कैदीको सजाय मिनाहा


काठमाडौं-गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिनु भएको छ। त्यस्तै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको निर्णयअनुसार उनीहरुको सजाय मिनाहा गरिदिनु भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ १५ गतेको गणतन्त्र दिवसका दिनदेखि लागु हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ (लिम्बू)समेतका ४७५ जना र जेष्ठ नागरिक उदय नारायण गिरीसहित ७ सातजना सहित जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय राष्ट्रपतिले माफी गरिदिनु भएको हो।

राष्ट्रपतिले संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवसको अवसरमा सजाय माफी गरिदिएका हुन्।