अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको संसद भवनको विवादास्पद नक्शाबारे सरकारलाई एमाले सांसद गैरैको ध्यानाकर्षण

भारतको संसद भवनको विवादास्पद नक्शाबारे सरकारलाई एमाले सांसद गैरैको ध्यानाकर्षण


काठमाडौँ – नेकपा एमालेका सांसद ठाकुर गैरेले भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटेको विषयमा कुरा गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

मंगलबार सिंहदरबारस्थित पूर्वाधार विकास समितिको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई ध्यानाकर्षण सांसद गैरेले ध्यानाकर्षण गराउनु भएको हो। 

बैठकमा सहभागी मन्त्री बस्नेतलाई उहाँले भारतले आफ्नो संसद् भवनको नक्सामा नेपालको लुम्बिनी राखेको जानकारी गराउँदै  क्रममा त्यसबारे नेपालको तर्फबाट आफ्नो कुरा राख्न आग्रह गर्नुभयो ।

भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद नक्शाको विषयलाई लिएर अहिले नयाँ बसह सुरु भएको छ।

Skip This