काठमाडौं-सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन संसदीय सुनुवाई समितिलाई आग्रह गर्नुभएको छ।
मंगलबार बसेको समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा पत्र समेत आएर बसेको उल्लेख गर्दै नियुक्ति प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको हो।
सभामुख घिमिरेले समितिले गर्ने कार्यसम्पादनहरू छिटोभन्दा छिटो गरी जिम्मेवारीका साथ भुमिका निर्वाह गर्न समिति सदस्यहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विभिन्न कारणले गर्दा खेरी यो गठन हुनलाई ढिलाइ भयो। अब अहिले गएर यसले पूर्णता पाएको छ। सभापति विधिवत रूपबाट छान्न बाँकी छ। हाम्रो अगाडि लामो समयदेखि सुनुवाइ हुन नसकेर बाँकी रहेको, खास गरी प्रधानन्यायाधीशको सवाल हामीसँग २७ गतेदेखि नै चिठी आएर रोकिएर बसेको छ । अरू पनि यस्ता कुराहरू छन्। त्यसैले यि कुराहरूलाई छिटो भन्दा छिटो सम्पादन गरेर त्यसमा गर्नुपर्ने काममा यसले जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न सकोस्। यहाँहरूको व्यवहारबाट, दृष्टिकोण, निर्णयहरूबाट धेरै कुराहरू सिकेर केही गर्न सकियोस् भन्ने मेरो चाहना छ।’




प्रतिक्रिया