अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा आजदेखि रोजगार मेला सुरु

काठमाडौंमा आजदेखि रोजगार मेला सुरु


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा आजदेखि रोजगार मेला सुरु भएको छ।

मंगलवारदेखि टेकुस्थित महासंघको कार्यालयमा जेठ १६ र १७ गते मेला हुने भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा रोजगार मेला सुरु भएको हो। 

मेलाको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरु बीचमा पुलको काम गर्ने बताउनु भयो।

उहाँले महासंघले वीरगञ्ज र बुटवलमा रोजगार मेला सम्पन्न गरेको र राम्रो प्रतिक्रिया पाएको बताउनु भयो ।