काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले हालै संसद्मा राखेको नक्सामा नेपाली भूमि राखेकोबारे भारतसँग कुरा गरेर हटाउन लगाउनुपर्ने बताउनु भएको छ।
राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मंगलबार अनेमसंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘नेपालको भूमि अहिले आइरहेका छ नि ! लुम्बिनी कपिलवस्तु भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुदेर संसद्मा राख्यो भनेर’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भन्नुभयो, ‘मैले सुनेको छु, हो होइन, अब हटायो भने, गल्ती महसुस गर्यो भने त्यो आफ्नो ठाउँमा छ ।’




प्रतिक्रिया