काठमाडौं-नेकपा एमालेका नेता देवेन्द्र दाहालले गोयवल्स बनेर जनतामा अफवाह फैल्याउँदैमा अब कसैले नपत्याउने बताउनु भएको छ।
पार्टीका पोलिटव्युरो सदस्य समेत रहनु भएका नेता दाहालले १० वटा झुठ फैल्याउँदैमा जनताले ६ वटा त पत्याउलान् नि भन्ने धारणा नपाल्न समेत चेतावनी दिनुभएको छ।
राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता समेत रहनु भएका दाहालले सामाजिक सञ्जालमा लेख्दै भ्रष्टाचारका बारेमा अनेक अफवाह फैल्याउन केही गोयवल्सहरू सक्रिय भएको पनि संकेत गर्नु भएको छ।
गोयवल्सको चरीत्रलाई नेपाली परिवेषसँग तुलाना गर्दै उहाँले लेख्नु भएको छ, ‘कुनै प्रधानमन्त्रीका पालामा कुनै कार्यक्रम र योजनामा बजेट विनियोजन भयो र उक्त योजनामा अनियमितता भयो भने त्यसको जिम्मेवारी त्यही प्रमले लिनुपर्ने वा उसले जवाफ दिनु पर्ने विषय हो र ? लेखा प्रणाली अनुसार जसले अनियमितता वा भ्रष्टाचार गर्यो, उसैले जिम्मा लिनु पर्ने होइन र ? कि के हो ? अब बजेट आउदै छ, विभिन्न आयोजना वा कार्यक्रममा खरवौं बजेट विनियोजन होला। दुई/चार महीनापछि देखि त खर्च हुन थाल्छ। कहीं भष्टाचार भयो भने त अहिलेका प्रधानमन्त्री र अर्थमन्त्रीले जिम्मा लिनु पर्यो नि ! हैन नेपालका गोयवल्सहरू..?’
नेता दाहालले आफ्नो फेसबुक मार्फत उहाँले केही प्रश्न मात्र उठाउनु भएको छैन, गोयवल्स को हुन् भनेर पनि चिलाउनु भएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नु भएको धारणा जस्ताको त्यस्तै: ‘Joseph Goebbels जर्मनका एकजना हिटलरको नाजी पार्टीका योजनाकार थिए जसले नाजी पार्टीको तर्फबाट प्रोपागाण्डाको काम गर्दथे। उनीहरुको के विश्वास थियो भने १० वटा झुट्ठा अफवाहा फैलायो भने सर्वसाधारण जनताले ६ वटासम्म विश्वास गर्दछन् र जनताको बीचमा विपक्षीलाई कमजोर पार्न सकिन्छ। ऊदाहरणको रुपमा नेपालको सन्दर्भमा भन्नु पर्दा-कुनै प्रधानमंत्रीका पालामा कुनै कार्यक्रम र योजनामा बजेट विनियोजन भयो र ऊक्त योजनामा अनियमितता भयो भने त्यसको जिम्मेवारी त्यही प्रमले लिनु पर्ने वा उसले जवाफ दिनु पर्ने विषय हो र ? लेखा प्रणाली अनुसार जसले अनियमितता वा भ्रष्टाचार गर्यो,ऊसैले जिम्मा लिनु पर्ने होईन र ? कि के हो ? अव बजेट आऊंदै छ,विभिन्न आयोजना वा कार्यक्रममा खरवौं वजेट विनियोजन होला । २/४ महिना पछि देखि त खर्च हुन थाल्छ। कहीं भष्टाचार भयो भने त अहिलेका प्रधानमन्त्री र अर्थमन्त्रीले जिम्मा लिनु पर्यो नी हैन नेपालका गोयवल्सहरु…..?’







प्रतिक्रिया