काठमाडौँ-नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डे निधन भएको छ। क्यासरबाट पीडित रहेकी पाण्डेको काठमाडौंमा उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो।
पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ। सर्लाही-२ बाट २०४८ र ०५१ मा प्रत्यक्ष निर्वाचित हुनुभएकी पाण्डे २०७४ मा समानुपातिक सांसद हुनुहुन्थ्यो । ०५६ सालमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री हुनु भएको थियो ।
२०२५ सालदेखि राजनीतिमा लाग्नुभएकी पाण्डे पद्मकन्या कलेजको स्ववियु सभापति समेत हुनु भएको थियो । नेपाल महिला संघमा अध्यक्षको जिम्मेवारी समेत सम्हालेकी पाण्डे पार्टीको ११औं महाधिवेशनमा पार्टीको केन्द्रीय समिति सदस्य बन्नुभएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि पछिल्लो समय उहाँ निष्क्रिय हुनुहुन्थ्यो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाण्डेको निधनमा शोक प्रकट गर्नुभएको छ।






प्रतिक्रिया