अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीत: योगेश भट्टराई

नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीत: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सचिव योगेश भट्टराईले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिकार खोस्ने काम गरेको बताउनु भएको छ।

अघिल्लो कार्यकालको संसदमा उत्पत्ति भएका विधेयक त्यही कार्यकालसँगै निष्क्रिय हुने भएकाले राष्ट्रपतिले संविधानकै उल्लङ्घन गरेको सचिव भट्टराईले बताउनु भयो। उहाँले भन्नुभयो, ‘संसदको अधिकारी हनन् भएको छ, असंवैधानिक कदम चाल्नुभएको छ।’

नागरिकता जस्तो संवेदनशील विषयमा सहमतिको आधारमा अगाडि बढाइनुपर्ने सचिव भट्टराईले बताउनु भयो। उहाँले भन्नुभयो, ‘नागरिकता संवेदनशील विषय हो, त्यसैले राष्ट्रिय सहमति हुनुपर्थ्यो।’

नेपालको नागरिकता ऐनलाई लिएर विभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै दिन यो काम हुनु ‘चितुवा पनि कराउनु सिंदाली पनि हराउनु’ जस्तै भएन र ?

राष्ट्रपति पौडेललाई राष्ट्रलाई दुई ध्रुवमा विभाजित गरेको आरोप भट्टराईले लगाउनु भयो। ‘संविधानको धारा ६१ र ६६ बमोजिम प्रमाणीकरण भनेर राष्ट्रपतिबाट संविधानको उल्लङ्घन समेत भएको छ’, सचिव भट्टराईले भन्नुभयो।

सचिव भट्टराई फेसबुकमा लेख्नुहुन्छ, ‘यो काम सार्वभौम संसदमाथिको नांगो अतिक्रमण हो। संविधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संविधानमाथि आक्रमण गर्नु चिन्ताको विषय हो । प्रमाणीकरणसम्बन्धी विज्ञप्तिमा धारा ६१ र ६६ उल्लेख गरिएको छ। जबकि विधेयक प्रमाणीकरणको विषय संविधानको को धारा ११३ अनुसार मात्र हुन सक्छ।’

नेपालको नागरिकता ऐनलाई लिएर विभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै दिन यो काम हुनु ‘चितुवा पनि कराउनु सिंदाली पनि हराउनु’ जस्तै भएन र ? भन्दै उहाँले प्रश्न गर्नुभएको छ।