काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेइमानी भएको टिप्पणी गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित भएकोमा पनि थापाले प्रश्न गर्नुभएको छ।
अध्यक्ष थापाले ट्वीटरमा लेख्नुहुन्छ, ‘प्रमको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रस्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो। राष्ट्रहित विपरीत ठहर गरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान हो। राष्ट्रप्रति बेइमानी हो।’
राष्ट्रपति पौडेलले ९ महीना अघि निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गरेर संविधान र जनादेशको अपमान गरेको उहाँले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अङ्गीकृत नागरिकता लगायत राष्ट्रहितका विभिन्न प्रश्नहरू उठाएर विधेयक रोक्नुभएको थियो ।अहिले नयाँ चुनावबाट नयाँ जनादेश प्राप्त संसद् आएको अवस्थामा राष्ट्रपति पौडेलले ९ महिना अघि निष्क्रिय भैसकेको विधेयक प्रमाणीकरण गर्नु संविधान र जनादेशको समेत अपमान हो ।’






प्रतिक्रिया