अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयक प्रमाणिकरणबारे रवि लामिछाको टिप्पणी: राष्ट्रपतिको निर्णय राष्ट्रहितविरुद्ध छ

नागरिकता विधेयक प्रमाणिकरणबारे रवि लामिछाको टिप्पणी: राष्ट्रपतिको निर्णय राष्ट्रहितविरुद्ध छ


काठमाडौं-राष्ट्रिय स्व्तन्त्र पार्टीका सभापति रावि लामिछानेले मृत अवस्थामा रहेको विधेयक प्रमाणिकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले गम्भीर गल्ती गरेको बताउनु भएको छ।

राष्ट्रपति पौडेलले भारतको चाहनाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण गर्नुअगावै आज बिवादास्पद नागरिकता बिद्येयक प्रमाणिकरण गरेपछि लामिछानेले यस्तो बताउनु भएको हो।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत संसद्मा छलफल नभई विधयक प्रमाणीकरण हुँदा शीतल निवासको गरिमामा गिरावट आएको बताउनु भयो ।

लामिछानेले यो काम राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको पनि बताउनु भएको छ।

सभापति लामिछाने ‍ भन्नुहुन्छ, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरा नै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’