अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अब के गर्दैछ ?  

एमाले अब के गर्दैछ ?  


काठमाडौँ–नेकपा एमालेले पहिचान गरेका समस्याहरूलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । 

एमालेले अन्तरपार्टी निर्देशन (अपानि)–७ जारी गर्दै  पार्टीलाई बलियो र बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्न सकिने उल्लेख गरेको छ । 

यस्तै एमालेले पहिचान भएका समस्याको समाधान गर्न वार्षिक कार्ययोजना निर्माण गरेको जनाएको छ । 

मिसन ग्रासरुट अभियानका क्रममा जनतासँग प्रत्यक्ष सरोकार राख्ने अनेकौँ मुद्दाहरूको पहिचान भएको उल्लेख गर्दै एमालेले त्यसैका आधारमा आगामी दिनमा सदन र सडकबाट सशक्त जनदबाब सिर्जना गर्ने जनाएको छ ।