अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु 

 कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु 


कालिकोट– कालिकोटमा जिप दुर्घटना भएको छ । आज बिहान ग३च ४६१० नम्बरको जिप रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कमा ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको हो । 

प्रहरीका अनुसार दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेको प्रहरीले बताएको छ । 

यस्तै घटनामा एक जना गम्भीर घाइते भएको बताइएको छ ।