अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजामति कर्मचारी संगठनको डेढ दशक पछि महिला भेला

निजामति कर्मचारी संगठनको डेढ दशक पछि महिला भेला


काठमाडौं-नेपाल निजामति कर्मचारी संगठनले डेढ दशक पछि राष्ट्रिय महिला भेला आयोजना गर्ने भएको छ। संगठनले २०६६ सालमा पहिलो पटक महिला भेला गरे पछि अर्को गर्न सकेको थिएन। दोस्रो पटक हुन लागेको राष्ट्रिय भेला यही जेष्ठ २७ र २८ गते काठमाडौंमा हुने भएको हो।

राष्ट्रिय भेलाका बारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष लेखनाथ कोइरालाका अनुसार भेलाको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ। भेलामा देशभरिका प्रतिनिधिहरू सहभागी हुने र विभिन्न १० विषयमा छलफल गरिने उहाँले जानकारी दिनुभयो ।

२०६६ साल जेष्ठ १६ र १७ गते जावलाखेलमा पहिलो पटक महिला भेला पश्चात यस पटक हुन लागेको दोस्रो भेलाले निजामति सेवामा महिलाहरूको सहभागीता, समस्या, नेतृत्व विकास, सेवा प्रवाह, ट्रेड युनियन अधिकार र आन्दोलन लगायत महत्वपूर्ण विषयहरूमा साझा धारणा तय गर्ने संगठनकी उपाध्यक्ष भवानी दाहालले बताउनु भएको छ।

सात सय प्रतिनिधि सहभागी हुने
राष्ट्रिय भेलामा देशका सवै जिल्लाबाट महिला प्रतिनिधिहरु सहभागी हुने छन्। ७७ जिल्ला कार्य समिति, ३८ विभाग, ७ प्रदेश, उपत्यका प्रदेश समितिका महिला उपाध्यक्ष, केन्द्रिय प्रतिनिधि, महिला सदस्यहरु सहभागी हुने जनाइएको छ। यस्तै केन्द्रिय परिषदमा रहेका ३२ महिला सदस्य, केन्द्रिय समितिका ५ पदाधिकारीसहित ५८ जना सहभागी हुने छन् । यस्तै विभिन्न देशका महिला नेतृहरु समेत गरि भेलामा ७ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी हुने महासचिव जीवन काफ्लेले जानकारी दिनु भएको छ।
महिला अगुवालाई सम्मान
कर्यक्रममा विभिन्न क्षेत्रका महिला अगुवाहरुलाई सम्मान समेत गरिने संगठनले जनाएको छ। सार्वजनिक प्रशासन तथा सामाजिक रुपमा विशिष्ट योगदान पु¥याउने महिलाहरुलाई सम्मान गर्न लागिएको हो । नायव महालेखा परीक्षक विन्दू विष्ट, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, मीरा चौधरी र नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणालाई कार्यक्रममा सम्मान गरिने जनाइएको छ।