काठमाडौं-कोशी प्रदेशकी उपसभामुख र नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेतामाथि आक्रमण प्रयास गरेका थिए।
कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पक्षले उपसभामुख सिर्जना दनुवार र उपनेता राम रानामाथि दुर्व्यवहार गरेका हुन् ।
रानामाथि बिहीबार इलामबाट झापा फर्कने क्रममा इलाम नगरपालिका-११ सोयाकमा बिहान साढे ११ बजे दुर्व्यवहार भएको हो। राना सवार गाडीलाई रोकेर मोबिल पोखेर दुर्व्यवहारको प्रयास भएको हो।
यस्तै, उपसभामुख दनुवारलाई उदयपुरको गाईघाटमा दुर्व्यवहार भएको हो। उहाँ सवार गाडी रोकेर पहिचान पक्षधरले दुर्व्यवहारको प्रयास गरेको हो।






प्रतिक्रिया