अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा जारी गर्नुपर्छ: महामन्त्री थापा

नेपालले पनि ‘ग्रेटर नेपाल’को नक्सा जारी गर्नुपर्छ: महामन्त्री थापा


काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ‘ग्रेटर नेपाल’ जारी गरी हक खोज्नुपर्ने बताउनुभएको छ।

बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्ने बताउनुभयो।

सो अवसरमा उहाँले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पार्नुभयो।

उहाँले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त गर्ने मुख्य थलो आगामी भदौमा हुन लागेको नीति अधिवेशन हुने बताउनुभयो । उहाँले नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनःविचार गर्न र पार्टीलाई ठीक ठाउँमा उभ्याउने दुरगामी निर्णय लिनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकारलाई जनतामा अनुभुति हुने गरी काम गर्न सुझाव दिनुभयो। महामन्त्री थापाले कांग्रेसले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचेको समेत प्रष्ट पार्नुभयो।

Skip This