अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्कुटर चालकको मृत्युले आक्रोशित भीडले बस जलायो

स्कुटर चालकको मृत्युले आक्रोशित भीडले बस जलायो


इटहरी-पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने मोरङको उर्लाबारी नगरपालिका-३ स्थित मंगलबारे नजिकै बिहीबार अपरान्ह भएको सवारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबहाक बसले प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो । मृतक पुरुष रहेको तर निजको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

बस चालकले लापरबाहीपूर्वक बस चलाएर दुर्घटना गराएको भन्दै आक्रोशित स्थानीय भिडले बसमा आगजनी गरेका छन् । बसमा लगाइएको आगो उर्लाबारी नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिए पनि बस जलेर नष्ट भएको छ ।