अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश: राना मगर र दनुवारमाथि पहिचानवादीले दुव्यर्वहार गरेको भन्दै एमालेको निन्दा

कोशी प्रदेश: राना मगर र दनुवारमाथि पहिचानवादीले दुव्यर्वहार गरेको भन्दै एमालेको निन्दा


विराटनगर-नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका उपनेता राम रानामगर र कोसी प्रदेश उपसभामुख सिर्जना दनुवारमाथि पहिचानवादीले दुव्यर्वहार गरेको भन्दै एमालेले निन्दा गरेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मगरमाथि इलाम र दनुवारमाथि उदयपुरमा आक्रमण र दुव्यर्वहार भएको बताउनु भयाे ।

उहाँले भन्नुभयो, “सरकारले वार्ता समिति बनाइसकेको अवस्थामा शान्तिपूर्ण संवादमा आउनुको साटो उदयपुरमा उपसभामुख सिर्जना दनुवार र इलाममा पूर्वमन्त्री राम रानाप्रति पहिचानवादीले गरेको दुव्र्यवारप्रति घोर निन्दा गर्दछौँ ।” यो गम्भीर घटना हुँदा पनि संघीय सरकार चुप लागेर बस्नु आश्चर्यजनक भएको भण्डारीले बताउनु भयो।

आन्दोलनकारीलाई वार्तामा आएर समस्या समाधान गर्नुपर्नेमा दुव्यर्वहार र आक्रमणमा उत्रनु निन्दनीय भएको भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रूपले वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दछौं। अन्यथा यस्तो गतिविधि दोहोरिरहे चुप लागेर बसिररहन नसक्ने चेतावनी दिन चाहन्छौं ।’

पहिचान पक्षधर कार्यकर्ताले एमाले संसदीय दलका उपनेता राना मगरलाई इलाममा आज मोबिल छर्केका थिए। इलाम नगरपालिका ११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई आक्रमण गरेका थिए।​

यसैगरी उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई पनि पहिचानवादी कार्यकर्ताले आजै दुर्व्यवहार गरेका थिए।