अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सेटिङ’ मिलाएर कमाइ हुने ठाउँमा रहेका २८ अधिकृतको उपत्यका बाहिर सरुवा

‘सेटिङ’ मिलाएर कमाइ हुने ठाउँमा रहेका २८ अधिकृतको उपत्यका बाहिर सरुवा


काठमाडौँ-उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यका बाहिर ठूलो संख्याका शाखा अधिकृत सरुवा गर्नु भएको छ । गृह मन्त्रालयले बुधबार लामो समयदेखि कमाइ हुने ठाउँमा रहेका २८ जना शाखा अधिकृतको सरुवा गरेर उपत्यका बाहिरको दुर्गम र तराई क्षेत्रका २३ जिल्ला पठाएको हो।

सरुवा भएकामा २३ जना त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा कार्यरत छन् । ५ जना सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका पनि उपत्यका बाहिर खटाइएका छन् । काठमाडौँ बाहिर नजान शक्ति प्रयोग गर्ने कर्मचारीलाई खटाएकै ठाउँमा पठाउने निर्णय गरेको हो।

Skip This