काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको सर्वसम्मतबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन भएको हो ।
आज सिंहदरबारमा बसेको समितिको बैठकमा सवालजवाफपछि कार्कीको नाम अनुमोदन गरिएको बताइएको छ ।
सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गएको असोजदेखि कार्की कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।




प्रतिक्रिया