अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-नौबिसे सुरुङमार्ग निर्माणकाे गति बढाइयाेस्: कृष्णगोपाल श्रेष्ठ

काठमाडौं-नौबिसे सुरुङमार्ग निर्माणकाे गति बढाइयाेस्: कृष्णगोपाल श्रेष्ठ


काठमाडौं-नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले देशकै पहिलाे काठमाडौं-नौबिसे सुरुङमार्ग निर्माणकाे गति बढाउन सरकारकाे ध्याकर्षण गराउनुभएकाे छ।

शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् श्रेष्ठले राष्ट्रिय गाैरवकाे साे आयाेजना निर्माणकाे काम असाध्यै ढिलाे भएकाे भन्दै निर्माणमा गति बढाउन आवश्यक रहेकाे बताउनुभयाे।

सुरुङ मार्ग निर्माणका क्रममा भएको ब्लाष्टिङका कारण त्यस वरपरका घरमा क्षति पुगेको भन्दै उहाँले त्यसबारे अध्ययन गरेर क्षति भएका घरलाई तत्काल क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभयाे। सांसद् श्रेष्ठले भन्नुभयाे, ‘सुरुङ निर्माणको क्रममा भित्र ढुंगा ब्लाष्टिङ गर्दा त्यसको ब्लाष्टिङले वरपरका घरहरू चर्किन थालेको छ, त्यसकारण सुरुङ मार्ग परियोजनाले ती घरहरूमा यथास्थिति जे जस्तो छ त्यसको अध्ययन गरेर क्षति भएका घरलाई तत्काल सरकारले क्षतिपूर्ती गरोस्, त्याे वस्तिलाई सुरक्षित र व्यवस्थित बनाओस् ।’