अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर इमाडोलमा बस दुर्घटना, १८ जना घाइते

ललितपुर इमाडोलमा बस दुर्घटना, १८ जना घाइते


ललितपुर-ललितपुरमा बस दुर्घटना भएको छ । ललितपुरको इमाडोल भएको सो बस दुर्घटना परी १८ जना घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।

लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस शनिवार बिहानै बिच सडकमा नै पल्टिएको हो।

प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एक जनाको उपचार भइरहेको छ । उहाँका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए। 

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बस अनियन्त्रित भई बिच सडकमा पल्टिएको हो । ग्वार्को निस्कन लागिरहेको अवस्थामा तीव्र गतिमा गुडेको सो बस ओरालो सडकमा पल्टिएपछि झन्डै २० मिटर जति घिस्रिन पुगेको थियो ।