काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा एकता अभियानको संयोजक वामदेव गौतम च्यासल पुग्नु भएको छ ।
अहिले अध्यक्ष ओली र गौतमबीच भेटवार्ता जारी छ। एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमको एमालेमा फर्किने बाटो खुला भएको थियो।
अध्यक्ष ओलीले आफूलाई बोलाए एमालेमा फर्किन तयार रहेको गाैतमले बताउनु भएको थियो । ओलीले पनि गौतमको सदस्यता एमालेमै रहेको बताउँदै आउनु भएको छ ।






प्रतिक्रिया