अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आलिया भट्ट ‘हार्ट अफ स्टोन’मा भिलेनको भूमिकामा

आलिया भट्ट ‘हार्ट अफ स्टोन’मा भिलेनको भूमिकामा


मुम्बई-अभिनेत्री आलिया भट्टको अभिनय रहेको हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को ट्रेलर रिलिज भएको छ । फिल्ममा उनी भिलेन चरित्रमा देखिदैँ छिन् । फिल्ममा गेल गेडोट र जोनी डर्ननले प्रमुख भूमिकामा अभिनय गरिहेका छन् ।

फिल्ममा गेल सिक्रेन्ट एजेन्ट चरित्रमा छिन् । जो आफ्नो मिसनलाई सफल बनाउन कैयौं समस्यासँग जुध्छिन् । आलियाले आफ्नो इन्स्टाग्राम एकाउण्टमा ट्रेलरका शेयर गरेकी छन् । ट्रेलरका केही दृश्यमा आलियालाई देख्न सकिन्छ ।

आलियाले गर्भवती अवस्थामा यो फिल्मको सुटिङ गरेकी थिइन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी ब्राजिल पुगेकी थिइन् ।-एजेन्सी 

Skip This