अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर जिल्ला सदस्य बाबुराम राईलाई मातृ शोक

एमाले उदयपुर जिल्ला सदस्य बाबुराम राईलाई मातृ शोक


काठमाडौं-नेकपा एमाले उदयपुर जिल्ला सचिवालय सदस्य तथा ताप्ली गाउँपालिका इन्चार्ज बाबुराम राईलाई मातृ शोक परेको छ।

नेता राईको आमा गौलक्षी राईको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उपचारका क्रममा वीर अस्पताल, काठमाडौंमा निधन हुनुभएकी राईको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

नेकपा एमाले कोशी प्रदेश कमिटिका सचिवालय सदस्य तथा उदयपुर क्षेत्र-२ का प्रतिनिधि सभा सदस्य अम्बर बहादुर रायमाझी पशुपति आर्यघाटमै पुगेर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो।

प्रतिनिधि सभा सदस्य रायमाझीले ताप्ली गाउँपालिका मादलेका निवासी गौलक्षी राईको निधनप्रति दुःख व्यक्त गर्नुभयो। उहाँले स्व. राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामना एवं जिल्ला सचिवालय सदस्य राईलगायत समस्त परिवारजनप्रति पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘यस दुःखद घडीमा आमाको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गर्दछौं।’

नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपमहासचिव देवराज राई, नेकपा एमाले जिल्ला सदस्य नोख श्रेष्ठ, नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीका सदस्य भिम दर्नाल श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा पुग्नु भएको थियो।

त्यसैगरी नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरी, उपाध्यक्षद्वय खड्ग मगर, राकेश राई, सचिव रिता थापा र सदस्य अनु मगर श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा सहभागी हुनु भएको थियो। यसैगरी सम्पर्क मञ्चका सल्लाहकार सदस्य शेर बहादुर बलम्पाकी मगर पनि सहभागी हुनुभएको थियो।

नेकपा एमाले निकट युवा संघ नेपाल, विद्यार्थी, किसान महासंघका साथै विभिन्न संगठनका नेता-कार्यकर्ता एवं आफन्तहरु श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा सहभागी हुनुभएको थियो।

Skip This