काठमाडौँ-नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का गर्न निर्देशन दिएको छ।
फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएसँगै बोर्डले आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको हो।
कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयर समेत बिक्री भएको थिएन। तर, सर्वसाधारणको लागि जारी गरेको सेयरमा मागभन्दा बढी आवेदन परे पनि आवेदन दिने मिति आजै थप गरिएको थियो।
यसक्रममा कम्पनीको सेयरमा १४ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि ८४ लाखभन्दा बढी कित्ता सेयरको लागि आवेदन गरिएको पाइएको छ।
कम्पनीकै तर्फबाट समेत यस्तो भएको हुनसक्ने भन्दै तत्काललाई सेयर जारी प्रक्रिया नै रोक्न धितोपत्र बोर्डले निर्देशन दिएको स्रोतले बतायो।






प्रतिक्रिया