अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र सांसदबीच प्रतिनिधि सभामा असार ८ गते प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रधानमन्त्री र सांसदबीच प्रतिनिधि सभामा असार ८ गते प्रत्यक्ष प्रश्नोत्तर हुने


काठमाडौं-प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएकाले सदनलाई जानकारी गराउनुभयो।

सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरिएको उल्लेख गर्दै आज साँझ ५ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्न टिपाउन आग्रह गर्नुभयो ।

असार ८ गते हुने प्रश्नोत्तरमा पहिलो समूहमा रहेका सांसदहरुले प्रश्न टिपाउने र सोहीमाथि छलफल हुनेछ । यसअघि पनि प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग  प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गरिएको थियो।

Skip This