अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छः पूर्वराष्ट्रपति भण्डारी

स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गर्नु भएको छ।

मंगलवार नेपाल स्काउटको ७२औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले नेपाल स्काउटले दक्षिण एशियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिनसक्नु साथै अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरु नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम गरिहेको प्रमाणित हुने बताउनु भयो।

उहाँले कोरोना महामारीका बेलामा पनि स्काउटले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो उहाँले देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आउनु राम्रो भएको भन्दै अझै यसलाई अघि बढाउँदै लैजानुपर्ने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘कोभिड १९ को महामारीमा पनि नेपाल स्काउटले उल्लेखनीय भूमिका खेलेको छ। नेपाल स्काउटले चिकित्सक परामर्श सेवा, जनचेतना अभियान, आइसोलेशन, क्वारेन्टिन निर्माणका साथै संक्रमितहरुको शवको व्यवस्थापन समेतमा गरेको सहयोगका लागि सम्पूर्ण स्काउटप्रति सम्मान व्यक्त गर्दछु। देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आएको छ।’