अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुखको निर्देशन

बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुखको निर्देशन


काठमाडौं-सभामुख देवराज घिमिरेले मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सरकारलाई निर्देशन दिएको छ।

शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो।

शहरी विकासमन्त्री सीता गुरुङले यदि त्रुटि भएको रहेछ भने सच्याउने बताउनु भयो । सभामुखले सरकारको प्रतिवद्धता आइसकेकाले छलफल अघि बढाउने बताउनु भयो ।

दलका प्रतिनिधिहरुसँग छलफल गरेपछि पुनः सुरु भएको संसद बैठकमा सभामुख घिमिरेले मन्त्रालयगत कार्यक्रम समावेश पुस्तिकामा प्रदेश सभाबाट पारित प्रदेशको नाम छुटेको भए तत्काल सच्याउन निर्देशन दिनु भयो ।