काठमाडौँ । नेपाली र हिन्दी दुवै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’को सेन्सर पास रोकिएको छ । चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।
असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सो दृश्य हटाउन निर्देशन दिइएको छ ।
चलचित्रमा राखिएको चुम्बन र बेडसिन सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको बताइएको छ । तर, फिल्म निािमार्ण टिमले भने त्यसलाई स्विकार गर्न नसक्ने प्रारम्भिक प्रतिक्रिया दिएको छ । सेन्सर बोर्ड र निमार्ण पक्षको अडानका कारण फिल्म प्रदर्शन अन्यौलता पर्ने देखिएको छ ।






प्रतिक्रिया