काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले अहिलेकै अवस्थामा सरकारले ल्याएको बजेट पारित हुने नदिने बताउनु भएको छ ।
सरकारले गठबन्धन दलसँग छलफल नै नगरी बजेट ल्याएको भन्दै उहाँले यथास्थितिमा बजेट पारित हुन नदिने बताउनु भएको हो ।
अध्यक्ष यादवले आज पत्रकार सम्मेलन गरी बजेटमा सुधारको जरुरी रहेको बताउनु भएको हो । ‘अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको छ। मधेस लगायतलाई उपेक्षा गरेको छ। यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न । बजेट न्यायोचित छैन। संशोधनबिना अहिलेको बजेट पारित हुँदैन। हामी हुन दिँदैनौं ।’




प्रतिक्रिया