अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालत र सरकार भारतको गुलाम: बालेन शाह

अदालत र सरकार भारतको गुलाम: बालेन शाह


काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अदालत र सरकार भारतको गुलाम भएको भन्दै देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कानुन र अदालत नमान्ने बताउनु भएको छ।

मेयर साहले हिन्दी फिल्ममाथि लगाइएको रोकप्रति टिप्पणी गर्दै सामाजिक संजालमा यस्तो लेख्नु भएको हो। फिल्म लेखकले नै नेपाल भारतको अधिनमा रहेको थियो भनेकाले उनहिरूको नियत प्रष्ट भएको मेयर साहको भनाइ छ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउनु भएको थियो ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ‚ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ‚’ मेयर शाहले फेसबुकमा लेख्नुहुन्छ‚ ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’

Skip This