अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा संघ धनकुटाको बैठक: मिसन नेक्स्ट इलेक्सन, टार्गेट न्यु जनरेसन 

राष्ट्रिय युवा संघ धनकुटाको बैठक: मिसन नेक्स्ट इलेक्सन, टार्गेट न्यु जनरेसन 


काठमाडौं-मिसन नेक्स्ट इलेक्सन, टार्गेट न्यु जनरेसन अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल धनकुटा जिल्ला कमिटीको बैठक बिहीबार सम्पन्न भएको छ। 

संघका केन्द्रीय उपाध्यक्ष एवं कोसी प्रदेश उत्प्रेरक कृष्णहरि केसीको प्रमुख आतिथ्ययतामा सम्पन्न बैठकले अभियान केन्द्रित विशेष योजना बनाएको छ। बैठकले सात वटै पालिकामा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई जिल्ला उत्प्रेरक जिम्मेवारी  तोकेको छ। 

संघका उपाध्यक्ष केसीले सो अभियान संगठनको महत्त्वपूर्ण अभियान भएको बताउनु भयो। ‘यो अभियान जनसम्बन्ध बिस्तारको अभियान हो, स्वयंसेवाको अभियान हो, रचनात्मक गतिविधिको अभियान हो’, उहाँले भन्नुभयो। 

अभियानको क्रममा युवाका बीचमा पुगी संगठन सुदृढीकरण, वैचारिक र राजनीति प्रशिक्षण लगायतका क्षेत्रमा काम गर्न उपाध्यक्ष केसीले निर्देशन दिनुभयो। संगठनलाई व्यवस्थित गर्दै कार्यकर्तालाई वैचारिक रूपमा अर्जाप्ने अभियानको रूपमा सो अभियानलाई लिन उहाँले आग्रह गर्नुभयो। 

यो अभियान कमीकमजोरी हटाउने र एकताबद्ध गतिशील र जुझारु संगठन निर्माणको अभियान भएको उहाँले प्रष्ट पार्नु भयो। युवाको सुख दुःखको सारथि युवा संघ हो भन्ने अनुभूति दिलाउनु पर्नेमा उहाँले जोड दिनुभयो। 

 देशमा निराशा छाइरहेको बेला राष्ट्रिय युवा संघ नेपालले आशाको सञ्चार जगाउन सक्नु पर्ने उहाँले बताउनुभयो। त्यसैले  सुशासन, समृद्धि र राष्ट्रियताको विषयमा केन्द्रित रहेर अभियान सञ्चालित गर्न उहाँले आग्रह गर्नुभयो। सरकारी कार्यालयलाई प्रविधिमैत्री बनाएर जनतालाई छिटो छरितो सेवा प्रदान गर्न दबाब सिर्जना गर्न उहाँले निर्देशन दिनुभयो। 

राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशनबाट पारित नयाँ कार्यदिशा राष्ट्रिय युवा संघ नेपालको मात्र नभएर समग्र युवा आन्दोलनको नयाँ कार्यदिशा भएको उहाँले बताउनुभयो। सो कार्यदिशाले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्दै समाजवाद निर्माणको आधार तयार गर्ने कार्यभार सुम्पेकाले उक्त कार्यभार पूरा गर्न मैदानमा खट्न निर्देशन दिनुभयो। दलाल पुँजीको निषेध र राष्ट्रिय पुँजीका निर्माण गर्न लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो। हरेक युवा श्रममा जोडिने, आफ्नो कमाइमा बाँच्ने र राज्यलाई राजश्व तिर्ने अनुशासित युवा बन्नु पर्ने उहाँले बताउनुभयो।  

राज्यले युवालाई उद्यम गर्दा उत्प्रेरणा दिने, तालिम दिने, दुःख र संकटमा साथ दिने अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उद्यमीले उत्पादन गरेको उत्पादन उचित मूल्यमा राज्यले खरिद गरिदिनु पर्ने उहाँले बताउनुभयो ।  

अहिले राष्ट्रियता दिनप्रतिदिन कमजोर भइरहेको उहाँले बताउनुभयो। गुमेको भूमि फिर्ता लिने सवाल, सीमा सुरक्षा लगायतका सवालमा राज्यको गतिविधि लज्जित बनाएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले नागरिकताको विषयलाई भारत भ्रमणको कोसेली बताएको भन्दै आलोचना गर्नुभयो। वास्तविक नेपालीले नागरिकता पाउनु पर्ने तर  एक हाले सिन्दूर र अर्को हातले नागरिकता बाँड्न गलत भएको उहाँले बताउनुभयो। 

नागरिकता विधेयक मृत भइसकेकाले राष्ट्रपतिले प्राण प्रतिष्ठा गर्नु राष्ट्रघाती भएको उहाँले बताउनुभयो। उहाँ राष्ट्रघातीमा दर्ज हुन खोज्नु दुःखद विषय भएको उहाँले प्रष्ट पार्नुभयो।   

संघका धनकुटा जिल्ला अध्यक्ष प्रवीण पोखरेलको अध्यक्षतामा बसेको बैठकमा पार्टी धनकुटा जिल्ला अध्यक्ष ईन्द्रमणि पराजुली संघका केन्द्रीय सचिवालय सदस्य उपेन्द्र शाहीको आतिथ्ययतामा  बैठक सम्पन्न भएको हो । 

Skip This