अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ महानगरभित्र आजदेखि हिन्दी फिल्म प्रदर्शनमा आउने

काठमाडौँ महानगरभित्र आजदेखि हिन्दी फिल्म प्रदर्शनमा आउने


काठमाडौँ-उच्च अदालत पाटनको फैसलासँगै सिनेमा काठमाडौँ महानगरभित्रका हलहरूमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा आउने भएका छन् ।   

हिजो बसेको चलचित्र संघको बैठकले आजदेखि काठमाडौँ महानरभित्र हिन्दी सिनेमा प्रदर्शन गर्ने निर्णय गरेको हो । तर ‘आदिपुरुष’ भने पुनः प्रदर्शन नहुने बताइएको छ । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतको फैसला नमान्ने भन्दै कुनै पनि हालतमा ‘आदिपुरुष’ र हिन्दी सिनेमा प्रदर्शन गर्न नदिने बताएका छन् ।

 ‘आदिपुरुष’मा जानकी भारतकी छोरी हुन् भन्ने आशयको संवाद नहटाएसम्म उक्त सिनेमासहित कुनै पनि हिन्दी सिनेमा प्रदर्शन हुन नदिने बालेनले बताउँदै आएका छन् । सोही कारण ‘आदिपुरुष’ प्रदर्शन रोकिएको थियो । 

यस्तै काठमाडौं महानगरका फिल्म हलहरूमा खटाइएका नगर प्रहरी पनि फिर्ता भएका छन् । हिन्दी फिल्म रोक्न महानगरले हलहरूमा प्रहरी खटाएको थियो ।

Skip This